Description
हिन्दूहरू, मुसलमानहरू, नाथहरू, सिद्धहरू, सुफीहरू अथवा अन्य सम्प्रदायहरूको अहङ्कार र ज्ञानको घेरामा कबीर कहिल्यै पनि परेनन् । सबैमाथि प्रहार गर्ने क्षमता कबीरमा सत्यको जगत्बाट प्राप्त भयो । उनी सत्यकै बलमा बलियो गरी उभिएका छन् । हिन्दूहरूले उनलाई हिन्दू मान्छन्, मुसलमानहरूले उनलाई मुसलमान मान्छन् । कबीर आफूलाई न हिन्दू हुँ भन्छन, – मुसलमान । उनी आफूलाई केवल मानव मान्छन् । संसारभरि उनको यही प्रमुख उपदेश छ, “आफूलाई एक सच्चा मानव सम्झ र आफूलाई राम्रो मानव सिद्ध गर ।”
न
कबीरमा हिन्दू र मुस्लिम दुवै संस्कार देखिन्छ । कबीर बाल्यकालदेखि नै अन्तर्मुखी, एकान्तप्रिय र साधु स्वभावका थिए । साधुहरूको सङ्गत उनलाई प्रिय थियो । भक्तिमा मन लगाउँथे । कबीरलाई साधुसन्तहरूको सम्पर्क र सङ्गतबाट आत्मज्ञान प्राप्त भयो । पछि गुरू रामानन्दको कृपाबाट आत्मज्ञानमा भक्तिभावको पनि समावेश भयो । कबीर मूलतः अध्यात्म पुरूष हुन् । अर्को शब्दमा उनी प्रकृतिपुरुष हुन् । उनी आत्माका गायक हुन् । उनी तत्त्वचिन्तक हुन् । वैदिक ऋषिसर
Alaukik Chamatkar Kabir Darshan – Narayannacharya Timsina
Weight: 0.3 kg
Authors: Narayannacharya Timsina
Language: Nepali
Publisher: Madhuvan Prakashan
Reviews
There are no reviews yet