Description
विश्वविख्यात वैदिक वैज्ञानिक– कमल रिजाल
विश्वविख्यात वैदिक वैज्ञानिक प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूको उत्खनन हो । यसमा जसले सर्वप्रथम विश्वमा मानवताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाएका थिए तिनै मनिषीहरूको ज्ञान र देन प्रस्तुत गर्ने प्रयास भएको छ । आजको विश्व आपसी भाइचारा र विज्ञान र प्रविधिको क्षेत्रमा जुन स्थानमा पुगेको छ तिनको मूलाधार यिनै मनिषीहरूले तयार गरेका हुन् । आजको विश्व उनीहरूकै मन र मस्तिष्कबाट सिञ्चित हुँदै आएको छ भने यसलाई पुणित र पल्लवित गराउने काम पनि उनीहरूकै विचार र व्यवहारले गर्दै आएको छ । यस कुराको स्वीकारोक्ति हाल पूर्वमा भन्दा पश्चिममा बढी देखिन थालेको छ । पूर्वीय वैदिक दर्शन तथा विज्ञान बुझ्न यो पुस्तक उपयोगी हुनेछ ।
Weight: 0.2 kg
Authors: Kamal Rijal
Language: Nepali
Publisher: Sangri-La Books