Description
गीताको उपयोगिता यसको खास किसिमको कमजोरीमा नै निहित छ । त्यो कमजोरी असङ्गतिमा सङ्गति मिलाउनु वा बेमेल कुरामा तालमेल गराउनु हो । कृष्ण अहिंसाको बखान गरेर थाक्दैनन् , तर गीताको सम्पूर्ण संवादले चाहिं युद्धका लागि प्रेरित गर्छ ।
डीडी कोसम्बी
उपनिषद्हरूको मूल दृष्टिकोणको रूपरेखाभित्र रहेर गीताले सम्पत्तिशाली शासक वर्गहरूको समकालीन व्यावहारिक तथा विचारधारात्मक आवश्यकतासित मिल्ने गरी थुप्रै परवर्ती परम्परा र दृष्टिकोणलाई परिष्कार र संश्लेषण गर्ने काम गर्यो ।
एसजी सरदेसाई
आज ज्ञान हासिल गर्ने प्रयत्नका रूपमा भगवद्गीताको बढी अध्ययन गर्ने र यसलाई विश्वका खराबीको रामबाण ओखती मान्ने कुराले वर्तमान बुर्जुवा वर्गको शोषणकारी व्यवस्थालाई नै दीर्घजीवी बनाउन मद्दत गर्छ । हाम्रो सङ्घर्षको हरेक चरणमा यसविरुद्ध विचारधारात्मक सङ्घर्ष चलाउनु आवश्यक छ । दिलीप बोस
क्षत्रियको कर्तव्य हत्या गर्नु हो भन्ने सिद्धान्तलाई भगवत्गीताले गरेको दार्शनिक समर्थनलाई केटाकेटीपना भन्न सकिन्छ । मारिने शरीर हो , आत्मा होइन भनेर हत्यालाई हत्या होइन भन्नु हत्याकै प्रतिरक्षा हो ।
बीआर अम्बेडकर
Weight: 0.3 kg
Authors: Ninu Chapagain
Language: Nepali
Publisher: Bela Publications
Reviews
There are no reviews yet