Description
नेपालको बौद्धमूर्तिकलामा मैत्रेय बोधिसत्व– महेन्द्र रत्न शाक्य
डा. महेन्द्ररत्न शाक्यको जन्म वि.सं. २०१४ सालमा आमा रत्नदेवी शाक्य र बुबा बुद्धरत्न शाक्यको तर्फबाट ललितपुरको सुन्धारामा भएको थियो । हाल उहाँ ललितपुर, सिन्चाहिटी वडा नं. १७ मा बस्नु हुन्छ । उहाँले व्यापार प्रशासन तथा वाणिज्यशास्त्रमा स्नातक गर्नु भएको छ भने त्रि. वि. वि. बौद्ध अध्ययन विभागबाट बुद्धिष्ट स्टडिज्मा स्नातकोत्तर गर्नुभएको छ । हालै लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्धकलामा शोधकार्य गरी विद्यावारिधि उपाधि
हासिल गर्नु भएको छ । मूर्तिकारको परिवारमा जन्मेकाले उहाँले सानै उमेरदेखि मूर्तिकलाको काम सिक्नु भयो । उहाँले हस्तकला डिजाइन सम्बन्धी नेपालमा तालीम लिनु भएको छ भने भारतको नयाँ दिल्ली, मुरारावाद र बैंगलोरबाट मूर्ति ढलाई सम्बन्धी तालीम लिनु भएको छ । त्यस्तै थाइलैंण्डको बैंककबाट पनि सन् २००६ मा सेरामिक सेल काष्टिङ्ग सम्बन्धी तालीम लिनु भएको छ । उहाँले बनाउनु भएका बुद्धको मूर्ति, मैत्रेय बोधिसत्वको मूर्ति लगायत अन्य विभिन्न मूर्तिहरू नेपालको विभिन्न विहार, Street Garden, पार्क र अफिसहरूमा सजाइएका छन् । उहाँले बनाउनु भएको एउटा बुद्धमूर्ति फ्रान्सको भिल्ला सुरियामा उहाँको नाम सहित शिलापत्रमा कुंदाएर स्थापना गरिएको छ । उहाँलाई Planet Finance बाट सन् २००८ मा “Small Enterprise Excellence Award” 7 FHAN a “Best Artist of the Fiscal Year 2008-2009” प्रदान गरिएको छ । त्यस्तै नेपाल सरकार, पाटन संग्रहालयबाट नगद पुरस्कार सहित “Lalit Kala Award 2012” बाट उहाँलाई विभुषित गरिएको छ ।
भिक्षु बुद्धघोष महास्थविरको प्रेरणाबाट उहाँले नेपाल बौद्ध परियत्ति शिक्षाको ‘सद्धम्म कोविद’ उपाधि हासिल गर्नुभयो र उक्त शिक्षामा लामो समयसम्म विभिन्न पदमा रही काम गर्नुभयो । उहाँले बुद्धधर्म सम्बन्धी विभिन्न लेख रचना र पुस्तकहरू लेख्नुका साथै विभिन्न बौद्धसंस्थामा काम गर्नु भएको छ । थेरवाद बुद्धिष्ट एकेडेमीको स्थापनाकालदेखि काम गर्नु भएका उहाँ संस्थापक सदस्य तथा हाल यस एकेडेमीको प्राचार्य हुनुहुन्छ। उहाँले भारत, थाइलैण्ड, श्रीलंका र म्यानमारको पनि भ्रमण गर्नुभएको छ ।
Authors: Mahendra Ratna Shakya
Language: Nepali
Publisher: Sanghanayak Bhikshu Gyanpurnik Smriti Kosha
Reviews
There are no reviews yet