Product Name:

Nitiharuma Uttam Niti Shukraniti – Uddhabdev Upadhyaya


Price:

 895


0
SKU: SM_0098197
Categories: ,

Exchange : 24 Hours (If defected)


Messenger | Whatsapp | Member Chat

Description

 

नीतिहरूमा उत्तम नीति शुक्रनीति– उद्धवदेव उपाध्याय

 

नीतिभन्दा बाहिर रहेर कसैले पनि कुनै क्षेत्रमा सफलता पाएका छैनन् । तत्काल नीतिविहिन योजनाले काम गरेको अनुभव भए पनि अन्ततः असफलता नै प्राप्त हुन्छ । नीति बनाउँदा सही मार्गनिर्देशनको आवश्यकता पर्छ । कुनै व्यक्तिलाई मात्र नभएर राष्ट्र वा विश्वस्तरमा विचार गर्ने हो भने इतिहास साक्षी छ सही नीतिको अभावमा ठूला-ठूला शक्तिशाली साम्राज्यको पनि पतन भएको छ । सही नीति नभएको कारण विशाल राष्ट्रहरूले लामो समयसम्म दासता भोग्नु परेको सबैलाई थाहा छ । अतः नीतिको महत्त्व सामान्य जीवनदेखि राज्य व्यवस्थापनसम्म पनि रहन्छ ।
प्राचीन राजनीतिक चिन्तनमा शुक्र नीतिको महत्त्वपूर्ण स्थान छ । संस्कृत भाषाका प्रसिद्ध साहित्यकार दण्डीको रचना ‘दशकुमारचरितम’ मा राजनीति शास्त्रकारहरूको नामोल्लेखमा सर्वप्रथम स्थान शुक्राचार्यलाई दिइएको छ । कौटिल्यको ‘अर्थशास्त्र’ र मेकियावलीको पुस्तक ‘द प्रिन्स’ समान शुक्र नीतिमा पनि राजालाई शासन गर्ने विधि सिकाइएको छ । तर आजको सन्दर्भमा भन्नुपर्दा – शुक्राचार्यले भनेका नीतिहरू राजनीतिक दलका नेता वा जोकोही राज्य सत्तामा बसेर शासन गर्नेहरूका लागि नै हो भन्ने कुरा अनुभूत हुन सके, समग्र जनताले राज्य सत्ताबाट सही न्याय वा सेवा प्राप्त गर्न सक्नेछन् । शुक्र नीतिको राजनीतिक सिद्धान्तभन्दा यसको व्यावहारिक पक्ष अधिक महत्त्वपूर्ण छ ।

Authors: Uddhabdev Upadhyaya
Language: Nepali
Publisher: Madhuvan Prakashan

Vendor Information

  • Address:
  • 4.07 rating from 46 reviews