Description
प्रस्तुत दर्शनावरणीय कृति हाम्रा लागि दर्शनीय छ । ईश्वर, प्रकृति र मान्छेको त्रैकालिक (भूत, भविष्य र वर्तमान) सम्बन्धलाई दार्शनिक ऊहापोहमा ढालेर सानमा हालिएको हीरा जस्तै पारदर्शी पार्न सक्ने अभिक्षमता देखेर म आश्चर्यचकित छु । प्रस्तुत सृजनात्मक कृति मात्र होइन दर्सिनढुङ्गा जस्तो गारो-सारो दार्शनिक वस्तुलाई प्रत्युत्पन्न मतिले पर्गेल्न सक्ने बौद्धिक खुबिलिटी भएको पाइयो । यो खोजपूर्ण कृतिले केवल दार्शनिक सिद्धान्तको मात्र पक्षपोषण गरेको छैन अपितु पूर्वी-पश्चिमी वाङ्मयको संक्षिप्त परिमिति प्रस्तुत गर्दै नेपाली साहित्यमा दर्शनको प्रयोग अनि अनुवाद र रुपान्तरण कलामा पनि यसको आकर्षण विशेष उल्लेख्य छ । यस्तो अनुसन्धेय विषयको सहनी विज्ञ वर्गबाट अवश्य हुने नै छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
प्रा. डा. हेमचन्द्र नेपाल
मानव मस्तिष्कको कुरा गर्दा त्यहाँ चौध अर्ब सेल हुन्छन् तर उच्च प्रतिभाशाली व्यक्तिले छ अर्ब सेलको मात्र उपयोग गरेका हुन्छन् । सामान्यतया पाँच अर्ब सेलको मात्र प्रयोगले पनि चेतनाको मापन हुन सक्छ । मस्तिष्क (साधारण भाषामा दिमाग) स्नायु प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । मस्तिष्क केन्द्रीय स्नायु प्रणालीको सञ्चालक हो । यसको सुरक्षा खप्परले गर्छ । यो सबै ढाड भएको र केही ढाड नभएको जीवमा पाइन्छ । ढाड भएको जीवको शरीरमा यो सबै भन्दा जटिल अङ्ग हो । यो अङ्ग हेराइ, बोलाइ, सुनाइ, स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो । यो निम्न भागहरूमा विभाजित छ : १. प्रमस्तिष्क (Cerebral Hemisphere) २. अनुमस्तिष्क (Cerebellum) ३.ब्रेनस्टेम (जसमा मिडब्रेन, पन्स र मेदुल्ला हुन्छ) ।
Purbiya Chintan Ra Darshan – Dilliram Gautam
Weight: 0.5 kg
Authors: Dilliram Gautam
Language: Nepali
Publisher: Oriental Publication
Reviews
There are no reviews yet