Product Name:

Udiyana Udisaka Padmasambhav (Pb) – Bimalendra Mohanti


Price:

 800



Order Chat | Messenger | Whatsapp

Description

 

डा. विमलेन्दु मोहन्तीले रावेनश्व कलेज, कट्टकबाट इतिहासमा एम.ए. गरेपछि मिसौरी विश्वविद्यालय, यु एस ए बाट एम. एड गर्नुभयो र राँची विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभयो । त्यसपछि उहाँले क्रमशः स्टिवार्ड साइन्स कलेज, कटकमा लेक्चरर; उत्कल विश्वविद्यालयमा युवा कल्याण अधिकृत; रक्षा मन्त्रालयमा मेजर तहको पूर्णकालिक एन.सी.सी. अधिकृत र उडिसा कृषि तथा
प्रविधि विश्वविद्यालय, भुवनेश्वरमा विद्यार्थी कल्याणको डिन भएर सेवा गर्नुभयो । उहाँले लामो समयसम्म त्यस विश्वविद्यालयमा प्राज्ञपरिषद्को सदस्य र उत्कल विश्वविद्यालयको सिनेट र सिण्डिकेट भएर पनि काम गर्नुभयो । त्यसैगरी उहाँले भारत सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत इन्टर-रेग्नममा डिपुटी प्रोग्राम एडभाइजर, एन. एस. एस. र जेभियर इन्सिच्युट अफ म्यानेजमेन्टको रजिस्टार भएर पनि सेवा गर्नुभयो। सार्वजनिक सेवाकै क्रममा उत्कल संस्कृति विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हाल्नु पूर्व उहाँले क्रमशः उडिसा सरकारको अतिरिक्त सचिवको तहमा खेल तथा युवा सेवाको निर्देशक र संस्कृतिको निर्देशक; प्रौढ शिक्षा, राज्य स्रोत केन्द्र, भुवनेश्वरको निर्देशक; संस्कृति विश्वविद्यालय स्थापनाका लागि उडिसा सरकारको संस्कृति विभागमा विशेष सेवाका लागि अधिकृतको जिम्मेवारी पनि बहन गर्नुभयो। उहाँले उडिया भाषामा चौध ओटा र अङ्ग्रेजी भाषामा आठ ओटा पुस्तक लेखनको काम गर्नुभएको छ। उहाँका बुद्धधर्म संस्कृति सम्बन्धी पाँच ओटा पुस्तक पाठक बीचमा लोकप्रिय छन् । ती पुस्तकहरू : (१) ग्लिम्स अफ बुद्धिस्ट लेगेसी इन उडिसा (अङ्ग्रेजी) (२) बुद्धिष्ट हेरिटेज-फ्रम कलिङग टु श्रीलङ्का (अङ्ग्रेजी) (३) उडिसारे बुद्धधर्म ओ बुद्ध कीर्ति (उडिया) (४) काना सिखैले बुद्ध (उडिया) (५) अनङ्गरिका धर्मपाला (उडिया) हुन् । उहाँले जर्नल तथा समाचार पत्रमा राज्य तथा राष्ट्रिय तहमा महत्त्व राख्ने लेख प्रकाशन गरेर समाजमा योगदान दिइरहनु भएको छ । उहाँ विभिन्न सामाजिक सेवा, संस्कृति र खेलसँग सम्बन्धित संस्थामा पनि त्यत्तिकै सक्रियताका साथ लागिरहनु भएको छ।

Authors: Bimalendra Mohanti
Language: Nepali
Publisher: We Read

Vendor Information

  • Address:
  • 4.05 rating from 39 reviews