Description
सबै धर्मको यात्रा मनलाई गुमाउने, विसर्जित गर्ने यात्रा हो र सबै संसारको यात्रा मनलाई अझ शक्तिशाली बनाउने यात्रा हो । धर्मको अर्थ हो, मन नभएको चेतना प्राप्त गर्नु र संसारको अर्थ हो, चेतना नभएको मन प्राप्त गर्नु । त्यस्तो मन केवल मन मात्र हुन्छ । त्यहाँ आत्माका बारेमा पटक्कै थाहा हुँदैन ।
श्रद्धा केवल दुई प्रकारका छन्- मनको श्रद्धा र आत्माको श्रद्धा । या त तिमी आफूमाथि विश्वास गर्न सक्छौ । आफूको अर्थ हो- जहाँ मनको कुनै आभास हुँदैन । जहाँ एक विचार पनि हुँदैन । जहाँ शुद्ध चेतना छ या त्यस शुद्ध चेतनाप्रति तिम्रो विश्वास छ । यदि त्यसको विश्वास छ भने तिमी जीवनमा कतै पनि खाल्डाखुल्डी पाउने छैनौ । तिम्रा पाइला कुनै गलत ठाउँमा पर्ने छैनन् । तिमीले मनमाथि विश्वास गर्यो भने जीवनमा खाल्डाखुल्डी पाउनेछौ । त्यसपछि तिमी जहाँ-जहाँ जानेछौ केवल भौंतारिनेछौ, किनभने मनको चाल नै यस्तै हुन्छ ।
जीवनमा एक पटक पढ्नैपर्ने पुस्तक, कृपया ! पढ्न नछुटाउनु होला । नत्र सबै कुरा छुट्ने छन् । जहाँ तपाईं त्यहाँ “मनबाट मुक्ति नै मोक्ष हो” हाते पुस्तक तपाईंको साथी हुनेछ । मोक्ष तपाईंको हातमा छ ।
ओशो
Weight: 0.3 kg
Authors: Osho
Language: Nepali
Publisher: Madhuvan Prakashan
Biplop Ojha –
Osho is great Philosophy of human history.
Sukumart Online Shopping (store manager) –
Thank you for your good review.